एमाले पनि मधेस सरकारबाट बाहिरियो
जनकपुरधाम | बैशाख ३०, २०८१
जनकपुरधाम: नेकपा माओवादी केन्द्र मधेस सरकारबाट बाहिरिएको केही बेरमै यहाँको सबैभन्दा ठूलो दल नेकपा एमालेले पनि त्यही बाटो समातेको छ ।
एमालेका मन्त्रीहरूले पनि मुख्यमन्त्री सरोजकुमार यादवलाई सामूहिक राजीनामा पत्र थमाएका छन् ।
मुख्यमन्त्री यादवलाई भेटेर एमालेका चार मन्त्री र दुई राज्यमन्त्रीहरू सामूहिक राजीनामा पत्र बुझाएका हुन् ।
राजीनामा दिनेहरुमा सरोजकुमार यादव, राजकुमार लेखी, शत्रुधन सिंह, प्रमोदकुमार जयसवाल, केशव राय र शारदा थापा छन् । राय र थापा राज्यमन्त्री हुन् ।
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...
काठमाडौँ: चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

